अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाममा एमालेका उम्मेदवार सुहाङलाई माओवादीले सहयोग गर्ने

इलाममा एमालेका उम्मेदवार सुहाङलाई माओवादीले सहयोग गर्ने


इलाम-इलाम क्षेत्र २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेकपा माओवादी केन्द्रले सघाउने भएको छ।

माओवादी केन्द्रीय सदस्य तथा इलाम उपनिर्वाचनका लागि सिफारिस हुनुभएका धिरेन्द्र शर्माले यसको पुष्टि गर्नुभयो । उहाँले केन्द्रबाट एमालेलाई सहयोग गर्न निर्देशन आएको बताउनुभयो।

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि माओवादी इलाम जिल्ला कमिटीले शर्माको एकल नाम सिफारिस गरेको थियो।

एमालेले भने इलाम-२ का तत्कालीन सांसद तथा उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएर चुनावी अभियानमा होमिएको छ ।