अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ समिकरण अनुसार कोशी प्रदेशमा चाँडै सरकारको दाबी गर्दैछौं : हिक्मत कार्की

नयाँ समिकरण अनुसार कोशी प्रदेशमा चाँडै सरकारको दाबी गर्दैछौं : हिक्मत कार्की


काठमाडौं – नेकपा स्थायी कमिटी सदस्य हिक्मत कार्कीले कोशी प्रदेशमा नयाँ समीकरणको तर्फबाट चाँडै सरकारको दाबी पेस गरिने बताउनुभएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता समेत रहनुभएको कार्कीले प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम सल्लाहकार समिति बैठकलाई बिहीबार विराटनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री केदार कार्की अल्पमतमा परिसकेको उहाँले मुख्यमन्त्री छाड्नु पर्ने बताउनुभयो ।

एमाले माओवादीले सरकारमा दाबी गरे पछि वर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिने बहानामा एक महिना सरकार लम्याउन सक्ने भए पनि अन्ततः उहाँले मुख्यमन्त्री छाड्नु पर्ने कार्कीले बताउनुभयो । अर्को सरकार बन्ने विकल्प हुँदासम्म प्रदेश सभा विघटन नहुने पनि उहाँले दाबी गर्नुभयो ।

अहिलेका मुख्यमन्त्री कार्की राजनीतिक दलहरूले बहुमत पुर्‍याउन नसकेपछि संविधानको धारा १६८ को उपधार ५ अन्तर्गत मुख्यमन्त्री बन्नुभएको हो । उहाँ कुनै राजनीतिक दलको तर्फबाट नभएर बहुमत पुर्‍याउने प्रदेश सभा सदस्यको हैसियतमा मुख्यमन्त्री बन्नुभएको हो ।

कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्रीको दाबी गर्नुभएका कार्कीलाई एमालेका सांसदले समर्थन गर्नुभएको थियो । उहाँ मुख्यमन्त्री बनेपछि माओवादीले कार्कीलाई नै गठबन्धनको समर्थन छ भनेपछि पुरानै गठबन्धनको सरकार बनेको थियो ।

कार्कीले केदार उपधार ५ अनुसार मुख्यमन्त्री बन्नु भएको भए पनि अहिले संविधानको धारा १६८ को उपधार २ बमोजिम सरकार बन्न सक्ने अवस्था भएकोले प्रदेश प्रमुखले सोही उपधारा अनुसार सरकार बनाउन बनाउनको लागि आह्वान गर्नुपर्ने तर्क गर्नुभयो । सो उपधारमा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

नयाँ सत्ता समीकरणमा कोशी प्रदेशको मुख्य मन्त्री एमालेको भागमा परेको छ । प्रदेश सभामा एमाले र माओवादीको स्पष्ट बहुमत छ ।