अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै


दाङ-लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएको छ। त्यसका लागि अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। सोहीअनुसार मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लाग्नुभएको हो।

लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी एमालेका २९, नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका १० ९सभामुखबाहेक०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सदस्य छन्। राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित हुनुहुन्छ। जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन-तीनजना तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन्।