अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीमा सत्ता सहकार्यका लागि ५ दलबीच ५ बुँदे सहमति

लुम्बिनीमा सत्ता सहकार्यका लागि ५ दलबीच ५ बुँदे सहमति


रुपन्देही-लुम्बिनी प्रदेशमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच ५ बुँदे सहमति भएको छ। बिहीबार सत्तासाझेदार दलहरूले नयाँ सरकार गठनका लागि साझा ढंगले अघि बढ्न सहमत भएका हुन्।

सहमति पत्रमा एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन्।

दलहरूको सहमतिअनुसार धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्दैछन्।