अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागलुङको दशौं अधिवेशनको लोगो सार्वजनिक

एमाले बागलुङको दशौं अधिवेशनको लोगो सार्वजनिक


बागलुङ-नेकपा एमाले बागलुङको दशौं अधिवेशनको लोगो सार्वजनिक गरेको छ। यही चैत २९ र ३० गते सदरमुकाम बागलुङ बजारमा हुने पार्टीका दशौं जिल्ला अधिवेशनको लोगो एमालेले सार्वजनिक गरिएको हो।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सावित्रा राना, जिल्ला अध्यक्ष हिरा बहादुर केसी लगायत सहभागी हुनुहुन्थ्यो।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Hdr; cct_value: 0; AI_Scene: (200, -1); aec_lux: 213.17429; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

कालिगण्डकीको तिरदेखि ढोरपाटनको शिरसम्मको प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ। दश वटा गुराँसले घेरा हालेको जिल्लाको पहिचान र दशौं अधिबेशनको संकेतको रुपमा चित्रित गरिएको छ।

लोगो सार्वजनिक गर्नुहुँदै नेकपा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले अधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन सम्पूर्ण तयारी गरिएको भएको बताउनुभयो।

जिल्ला अधिवेशनका लागि तयार पारिएको लोगोमा जिल्लाका सबै पालिकामा राष्ट्रिय फूल लालिगुराँस पाइने भएकाले गुराँसकै घेरा तयार गरिएको जिल्ला अध्यक्ष केसीले बताउनु भयो। जिल्लाको नक्साको पृष्ठभूमीमा राष्ट्रिय झण्डा र नाउर तथा घोरलको चित्र अंकित छ।

एमाले जिल्ला किमिटि सचिव बिष्णु भुसालका अनुसार प्रचार कमिटीले तयार गरेको लोगोमा जिल्लाको वस्तुगत अबस्थिति देखाईएको छ।