सल्यान–नेकपा एमाले सल्यानको अध्यक्षमा भीमबहादुर सेन विजयी हुनुभएको छ। गत आइतबारदेखि सुरु भएको दशौं जिल्ला अधिवेशन अन्तर्गत बिहीवार भएको मतदानबाट १८२ मत प्राप्त गर्दै सेन जिल्ला कमिटी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
सेनका प्रतिस्पर्धी कुलबहादुर गिरीले १३९ मत प्राप्त गर्नुभएको छ। उहाँ ४३ मतान्तरले सेनसँग पराजित हुनुभएको हो।
जिल्ला निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणाम अनुसार उपाध्यक्षमा ओजबहादुर बुढाथोकी १९३ मत प्राप्त गरेर विजयी हुनुभएको छ। सचिवमा पुष्पा बोहराले १७३, उपसचिवमा गणेशमान सिंहले १८० र उपसचिव महिलामा सनशिलता वली डिसी १७३ मत प्राप्त गरी बिजयी हुनुभएको छ।
उहाँहरुका निकटतम प्रतिस्पर्धी उपाध्यक्ष पदका उम्मेदवार दानबहादुर केसीले १२७, सचिव पदका उम्मेद्वार दिपेन्द्र डिसीले १४३, उपसचिवका उम्मेद्वार गन्जमान बुढाले ११३ र उपसचिव महिला उम्मेदवार बुद्ध कुमारी खत्री केसीले १४१ मत प्राप्त गरेको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पर्शुराम वलीले जानकारी दिनुभयो।
उहाँका अनुसार जिल्ला कमिटीका सदस्य लगायतका पदमा ५८ जना निर्विरोध भएका छन । २५ पदका लागि ४६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। जिल्ला निर्वाचन कार्यविधी अनुसार एमाले सल्यानको ७५ सदस्यीय जिल्ला कमिटी र ७ सदस्यीय लेखा आयोग गठन हुनेछ ।
प्रतिक्रिया