अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उद्योग,वाणिज्य तथा आपूर्ती विभागको बैठक :आयात प्रतिष्थापन हुने गरी काम गर्न अध्यक्ष ओलीको निर्देशन

एमाले उद्योग,वाणिज्य तथा आपूर्ती विभागको बैठक :आयात प्रतिष्थापन हुने गरी काम गर्न अध्यक्ष ओलीको निर्देशन


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयात प्रतिस्थापन,निर्यात वृद्धि तथा आन्तरिक उत्पादन बढाउनु पर्ने बताउनुभएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ती विभागको बैठकलाई हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले निर्यात व्यापार बढाएर देशको समृद्धिका लागि उद्योगी व्यापारीले योगदान गर्नुपर्ने बताउनुभएको छ ।
विभागका प्रमुख मोतीलाल दुगडका अनुसार अध्यक्ष ओलीले बैदेशिक व्यापार घाटा न्यूनिकरणमा परिणाममुखी भएर काम गर्न सम्पूर्ण उद्यागी व्यवशायीहरुलाई निर्देशन दिनुभएको छ ।
विभागको बैठकले वर्तमान औद्योगिक अवस्थाको समस्या,चुनौति,समाधान र अवसरका विषयमा सरकार र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीलाई सुझाव दिने निर्णय गरेको छ । पार्टीको मेरुदण्डको रुपमा रहेको यस विभागले देशको औद्योगिक अवस्था,आर्थिक संकट समाधानको उपाय र आगामी नीति कार्यक्रम र बजेटमा मन्त्रालयले समेट्नु पर्ने विषयहरु समेटेर सरकारलाई बुझाउने प्रमुख दुगडले जानकारी दिनुभयो ।


दुगडका अनुसार विभागमा पाँच जना नयाँ सदस्य मनोनयन गरिएको छ । जसमा सुभाष राउत,शोभा गुरुङ्ग,राधा पोखरेल,डिल्ली बराइली र डा.रामबाबु गीरी रहनु भएको छ । उहाँहरुलाई बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सपथ ग्रहण गराउनु भएको छ ।
बैठकले देशको वर्तमान संकटपूर्ण आर्थिक अवस्था र यसका समाधानका उपायका सन्दर्भमा पाँचवटा प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । जसको समन्वयको जिम्मा प्रमुख दुगडलाई दिइएको छ ।
बैठकले ६ वटा विषयगत उपसमितीहरु गठन गरेको छ । जसमा विभागको सचिवालयको संयोजकमा सुन्दर भुषाल,उद्योग उपसमितीको संयोजकमा किशोर प्रधान,महिला साना तथा घरेलु उपसमितिको संयोजकमा लत्ता प्याकुरेल रहनु भएको छ । यसैगरी वाणिज्य उपसमितिको संयोजकमा रविन्द्र पाण्डे,पूँजी बजार उपसमितीमा राधा पोखरेल र अन्तरविभाग समन्वय समितीमा मदन अधिकारीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।