अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माछापुच्छ्रे बैंकद्वारा नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

माछापुच्छ्रे बैंकद्वारा नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता


काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडले हालै नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निम्ति नेपाल क्लियरिङ्ग हाउस र फोन पे सँग भिन्दा भिन्दै सम्झौता गरेको छ।

फोन पे सँगको सम्झौतामा नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले यूपिआई एप्सको प्रयोगद्वारा आफूले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध माछापुच्छ्रे बैंकका मर्चन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्ने भनिएको छ। त्यसैगरी सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यूआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ।

साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग पारर्टीसिपेन्ट सेटेलमेन्ट बैंक साझेदारी समेत गरेको हो । यस सम्झौता अनुरुप उक्त सेवा लाइभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि यूपिआई ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन्।

नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिम दैनिक रुपमा १५ हजार भारतिय रुपैयाँँ र मासिक १ लाखसम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ। यसैगरि भारतमा रहेका नेपाली नागरिकहरूले पनि यूपिआई एप्स प्रयोग गरेर तहां को नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको यूपिआई ह्यान्डल–लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन्।

हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुई लाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफुलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन्। बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थीक कारोबारको सहजीकरण र समग्र डिजिटल बैंकिङ्ग कारोबारमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ।