अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त


काठमाडौँ-लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। 

नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी पेस गरेका थिए । महरालाई एमालेसहितका सत्ता गठबन्धनका दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन्।

उहाँको पक्षमा एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, नेकपा नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र एक र स्वतन्त्र एक गरी ४८ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गर्नुभएको थियो । प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहितको पत्र शुक्रबार नै प्रदेश प्रमुखलाई बुझाइएको थियो । 

महरालाई आइतबार दिउँसो १ मुख्यमन्त्री पदको शपथ खुवाइने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।