अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङजाबाट कांग्रेसलाई अध्यक्ष ओलीको प्रश्न: काँक्रो आफू चोर्ने, बीउ अर्काको गालामा टाँस्ने ?

स्याङजाबाट कांग्रेसलाई अध्यक्ष ओलीको प्रश्न: काँक्रो आफू चोर्ने, बीउ अर्काको गालामा टाँस्ने ?


स्याङजा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी भ्रष्टाचार अन्त्य गरेर देश बनाउने अभियानमा लागिरहेकाे बताउनु भएको छ।

एमाले स्याङ्जा नवौं जिल्ला अधिवेशन उद्घाटनलाई गर्दै अध्यक्ष ओलीले एमाले भ्रष्टाचार विरोधी अभियानको पक्षमा रहेको बताउनु भयो।

अध्यक्ष ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले भ्रष्टाचार गरेको सुइँको पाउने बित्तिकै हटाएर कारबाही गर्ने समेत बताउनु भयो । उहाँले भन्नभयो, ‘नेकपा एमाले भ्रष्टाचार अन्त्य गरेर देश बनाउने अभियानमा लागेका छौँ। हाम्रो मन्त्री होस् वा अरू कसैले भ्रष्टाचार गरेको सुइँको पाउनेवित्तिकै कारबाही गर्छौं। प्रमाण छैन भने पनि यथार्थ बुझ्छौँ र अवकाश दिन्छौँ। प्रमाण छ भने हाम्रै भए पनि कारबाही गर्छौं। हामी भ्रष्टाचारको विरुद्धमा छौँ। सुशासन र विकासको पक्षमा छौँ।’

अध्यक्ष ओलीले वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा मुद्दा दायर अघि बढेपछि नेपाली कांग्रेस आत्तिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले मतिर फर्किएर धेरै पटक भनेको थियो- वाइडबडीको छानबिन गर, वाइडबडीका भ्रष्टहरूलाई कारबाही गर भनेर, चर्को चर्को स्वरमा कराउँथ्यो। यो वाइडबडीको मुद्दा अघि बढ्यो के गर्यो भनेर कांग्रेस उफ्रिने उत्तेजित हुने, कराउने गर्न थालेको छ। मैले उसैलाई भनेको थिए, वाइडबडीको छानबिन गराऊ र जेलमा जाऊ भनेका थिए। अरू पनि छानबिन गराऊ जेलमा जाऊ, काँक्रो आफू चोर्ने, काँक्रोको बीउ अर्काको गालामा टाँस्ने ?’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेपछि ओलीले यस्तो टिप्पणी गर्नुभएको हो। तत्कालीन मन्त्री शाही कांग्रेसका प्रदेश सभा सदस्य पनि हुन्।