अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा प्रतिनिधि परिषदको तयारीका लागि केन्द्रीय कार्यालय र सचिवालयको बैठकको तयारी

एमालेमा प्रतिनिधि परिषदको तयारीका लागि केन्द्रीय कार्यालय र सचिवालयको बैठकको तयारी


काठमाडौं -बैशाख ८ देखि १० गते हुने प्रतिनिधी परिषदको बैठक व्यवस्थापनका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक भोली बस्ने भएको छ ।
कार्यालय सचिव डा.भिष्मा अधिकारीका अनुसार केन्द्रीय कार्यालय च्यासलमा विहान ११.३० बजे बस्ने बैठकले प्रतिनिधी परिषदका विषयमा व्यापक छलफल गरी सचिवालयलाई सुझाउने तयारी छ । यसैगरी इलामको उपनिर्वाचनको तयारी,कार्यकर्ता परिचालन,प्रचार शैली आदिका विषयमा पनि छलफल हुने अधिकारीले जानकारी दिनुभयो । महासचिवको नेतृत्वमा हुने एमालेको केन्द्रीय कार्यालयमा उपमहासचिव,सचिवहरु र कार्यसलय सचिव रहने व्यवस्था छ । केहीदिन भित्रै सचिवालयको बैठक बसेर प्रतिनिधी परिषदमा पेश हुने एजेण्डा र प्रतिवेदनलाई पनि अन्त्मि रुप दिने एमालेको तयारी छ ।