अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डे

एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डे


काठमाडौं- नेकपा एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डे निर्वाचित हुनु भएको छ । पाण्डेले ३७७ मत ल्याँउदा प्रतिष्पर्धी टिना सुवेदीले ३४३ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपाध्यक्षमा भुलन चौधरीले ३६४ मत ल्याएर विजयी हुँदा नारायण गौतमले ३४० मत प्राप्त गर्नुभयो । सचिवमा अमृत शर्मा बजगाँईले ३७३ मत ल्याएर विजयी हुँदा एम समिउल्लाहले ३२७ मत प्राप्त गर्नुभएको छ । उपसचिवमा भावना आचार्यले ३६८ मत ल्याएर विजयी हुँदा कमला घिमिरेले ३२५ मत प्राप्त गर्नुभएको छ । अर्का उपसचिवमा जहावीर अन्सारीले ३५७ मत ल्याँउदा धनीराम चौधरीले ३४१ मत प्राप्त गर्नुभएको छ ।

चैत १८ गते सुरु भएको जिल्ला अधिवेशनलाई बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।