अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका जिल्ला अधिवेशनहरु जारी : कालिकोटमा तुलाराज मल्ल निर्वाचित

एमालेका जिल्ला अधिवेशनहरु जारी : कालिकोटमा तुलाराज मल्ल निर्वाचित


काठमाडौं- नेकपा एमालेका जिल्ला अधिवेशनबाट धमाधम नयाँ नेतृत्व चयन भइरहेको छ । यसैक्रममा एमाले कालीकोटको अध्यक्षमा तुलाराज मल्ल विजयी हुनुभएको छ ।

११औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मल्ल अध्यक्षमा विजयी भएका हुन्। जिल्ला निर्वाचन कमिटीका अनुसार मल्लले २१८ मत प्राप्त गर्नुभएको छ। मल्लका प्रतिस्पर्धी दयाराम सिंखडाले १८६ मत पाउनुभयो। यस्तै, उपाध्यक्षमा मल्ल प्यालनका टेकबहादुर बुढाले २१० मत प्राप्त गरेर विजयी हुनुभएको छ । पराजीत चौलागाईंले १५८ मत पाउनुभएको छ ।

यस्तै, उपसचिवमा पबित्रकुमार शाहीले १६८ मत प्राप्त गरी विजयी हुनुभयो भने शाहीले प्रतिस्पर्धी लंकबहादुर बमलाई ७० मतले पराजीत गरेका गर्नुभयो ।

उपसचिवकै अर्का प्रतिस्पर्धी प्रेमबहादुर बुढाले ९२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपसचिव महिलामा ताराकुमारी शाही २१२ मतका साथ विजयी हुनुभयो। प्रतिस्पर्धी सुभद्रा सिंहले १५७ मत पाउनुभएको छ ।
। प्रतिस्पर्धी कमलकुमार १७२ मत प्राप्त गर्नुभयो ।

सचिवमा पुष्पराज आचार्य २१२ मतका साथ विजयी हुनुभएको छ। आचार्यले प्रतिस्पर्धी खडानन्द चौलागाईलाई ५४ मतले पराजीत गर्नुभयो।
पराजीत चौलागाईंले १५८ मत पाउनुभएको छ।

यस्तै, उपसचिवमा पबित्रकुमार शाहीले १६८ मत प्राप्त गरी विजयी हुनुभयो। शाहीले प्रतिस्पर्धी लंकबहादुर बमलाई ७० मतले पराजीत गर्नुभएको छ । बमले ९८ मत पाउनुभयो ।