अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधी परिषदको तयारीका लागि एमाले केन्द्रीय कार्यालय बैठक आज

प्रतिनिधी परिषदको तयारीका लागि एमाले केन्द्रीय कार्यालय बैठक आज


काठमाडौँ- आज नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा साढे १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।
उनका अनुसार बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको व्यवस्थापनबारे छलफल र केन्द्रीय सचिवालय बैठकको मिति तय गर्नेछ । केन्द्रीय कार्यालय बैठक महासचिवको नेतृत्वमा बस्छ । जसमा उपमहासचिव र सचिवहरू सहभागी हुनेछन् ।
एमालेले वैशाख ८ र ९ गते परिषद् बैठक आह्वान गरेको छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बोलाइएको छ परिषद बैठकमा २ हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकमा राजनीतिक, सांगठानिक, आर्थिक,अनुशासन र निर्वाचन आयोगका प्रतिवेदनहरू लिखित रूपमा पेस हुनेछन् ।