अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस


पोखरा-गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्नुभएको छ।

मुख्यमन्त्रीको दाबी गर्दै एमाले संसदीय दलका नेता अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाउनु भएको हो।

अधिकारीलाई राजीव गुरुङ (दीपक मनाङे) सहित एमाले र माओवादीले समर्थन गरेको छ। अधिकारीको समर्थनमा एमालेका २२ र माओवादीका ८ (सभामुखसहित) सांसद छन्।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए।