अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सोलुको अध्यक्षमा बास्तोला

एमाले सोलुको अध्यक्षमा बास्तोला


सोलुखुम्बु-नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ।

आज बिहान सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष बास्तोला अर्को कार्यकालका लागि भारी मतसहित विजयी हुनुभएको हो । उहाँले दुई सय ५५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी हर्कबहादुर राईले एक सय २५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा आशकुमार राई दुई सय ७७ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिद्वन्द्वी रामकाजी श्रेष्ठले ८९ मत प्राप्त गर्नुभयो । सचिवमा कल्पना राई, उपसचिव खुलामा मिङमाछिरी शेर्पा, सहसचिव महिलामा मोहनकुमारी कार्की विजयी भएका छन् ।

उपसचिव खुलाका लागि पाँच जना र महिला उपसचिवका लागि चार जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए । ९० सदस्यीय जिल्ला कमिटी चयनका लागि चार सय २० जनाले मतदान गरेका थिए । गत शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि शनिबार निर्वाचन भएको हो