लुम्बिनी-लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ। उहाँ प्रदेश सरकारको पाचौं मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो।
विसं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक उहाँ विसं २०३५ र २०३६ सालको विद्यार्थी आन्दोलनमा सङ्लग्न भई राजनीतिमा प्रवेश गर्नुभएको हो। उहाँले विसं २०४४ देखि २०५० सालसम्म मावि शिक्षकका रुपमा पनि काम गर्नुभयो।
मुख्यमन्त्रीमा नियक्त भएपछि आज शपथग्रहण गर्नुभएका महरा विसं २०७९ मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं १ ९१० बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित हुनुभएको हो। लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको साविक गजुल गाविस वडा नं २, हाल सुनिलस्मृति(गाउँपालिका-५ गजुल काट्नेमा बुवा खलबहादुर महरा र आमा रमिता महराको कोखबाट विसं २०२० कात्तिक १ गते जन्मनुभएका महराले स्थानीय श्री जनज्योति मावि गजुलबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो।
यस्तै उहाँले महेन्द्र बहुमुखी क्याम्पस दाङबाट प्रमाणपत्र तह तथा राजनीतिशात्र र अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ। नवनियुक्त मुख्यमन्त्री महराका श्रीमती तपी महरा र चार छोरा हुनुहुन्छ।
विसं २०४२ मा विद्यार्थी सङ्गठनको दाङको सचिव हुँदै विसं २०५१ मा नेकपा ९माओवादी०को रोल्पा जिल्ला सचिवका रुपमा पार्टीको जिम्मेवारी पाउनुभएको थियो । यसपछि पनि पार्टीको विभिन्न जिल्लामा नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएका महरा विसं २०६४ मा नेकपा ९माओवादी० को तर्फबाट संविधानसभा सदस्य हुनुभएको थियो।
विसं २०६२ देखि २०६५ र २०७२ देखि २०७८ सम्म दुई पटक पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ को प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा काम गर्नुभएका महरा विसं २०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा रहेरसमेत काम गर्नुभएको थियो।
नेकपा ९माओवादी केन्द्र० स्थायी समिति सदस्य रहनुभएका महरा गतवर्ष एमाले संसदीय दलका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो।
प्रतिक्रिया