अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नवलपुरको नवौं अधिवेशन आज देखि : अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

एमाले नवलपुरको नवौं अधिवेशन आज देखि : अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नवलपुर जिल्लाको नवौं जिल्ला अधिवेशन उदटन गर्न त्यसतर्फ जाँदै हुनुहुन्छ ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार कावासोतीमा हुने जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली विहान १०.१५ बजे भरतपुर जाने कार्यक्रम छ । संविधान जारी भएसँगै नवलपरासी जिल्लालाई दुई भागमा बाँडेर पूर्वी नवलपरासीलाई अलग्गै जिल्लाको पहिचान दिइएको हो ।
कावासोतीको पानस पार्टी प्यालेसमा आयोजना हुने उदटन कार्यक्रममा खुलासभाको कार्यक्रम हनुेछ । नवलपुरका पहाडी क्षेत्रका दुई सहित ८ वटा स्थानीय तह रहेका छन् । उद्घाटन कार्यक्रममा जिल्लाभरीबाट कार्यकर्ताहरुको सहभागिता रहने एमाले नवलपुरले जनाएको छ ।