अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समिति बनाउने काँग्रेसको मागमा छलफल गर्न सभामुखद्वारा शिर्ष नेताहरुको बैठक आयोजना

संसदीय समिति बनाउने काँग्रेसको मागमा छलफल गर्न सभामुखद्वारा शिर्ष नेताहरुको बैठक आयोजना


काठमाडौं -काँग्रेसले गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन माग गर्दै संसदीय छानविन समिती माग गरेको विषयमा छलफल गर्न आज सभामुखले शिर्ष नेताहरुको बैठक बोलाउनु भएको छ । दिउसो २ बजे सिंहदरबार स्थित सभामुखको कार्यालयमा नेताहरुको बैठक बस्न लागेको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर उठाइरहेको प्रश्नका सम्बन्धमा छलफल गर्न सभामुख घिमिरेले शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन् ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलको नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ ।

गत फागुन २४ गतेदेखि कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसद्‌मा प्रश्न उठाउँदै आएको छ । लामिछाने सहकारीको रकम हिनामिनाको आरोपी रहेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको माग छ ।
सोमबार बिहान बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले पनि छानबिन समितिको मागमा अडिग रहने निर्णय लिएको छ । यसमा सत्तारुढ दलहरू तयार भएका छैनन् ।

प्रतिनिधि सभाको बैठक चैत २७ गते बस्दैछ । त्यसअगाडि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नु भएको हो ।