विराटनगर-कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन्।
केन्द्रमा सत्ता समीकरण भएकसँगै प्रदेशमा पनि सरकार परिवर्तन हुन थालेको छ। गठबन्धन दलको सहमित अनुसार कोशी सरकारको नेतृत्व एमालेले गर्ने छ।
नेकपा माओवादी केन्द्रका कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले दुई दलबीच सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने सहमति भएको बताउनुभयो।
आइतबार विराटनगरमा दुई दलका शीर्ष नेताबीच सरकार परिवर्तनको विषयमा छलफल भएको थियो। बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्की, उपनेता रामबहादुर राना, प्रमुख सचेतक रेवतीरण भण्डारी सहभागी हुनुहुन्थ्यो । यस्तै माओवादीका तर्फबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, प्रदेश सदस्य तथा पूर्वमन्त्रीहरु दुर्गाप्रसाद चापागाईं, बाबुराम गौतम र जीवन आचार्य सहभागी हुनु भएको थियो।
गत असोज २७ गते नेकपा एमालेका ३९ र नेपाली काँग्रेसका ८ सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री बन्नुभएको थियो।
कोशी सरकारमा अहिले केन्द्रको गठबन्धनमा भएका नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सहभागी छन् । जनता समाजवादी पार्टीले सरकारलाई समर्थन दिएपनि सरकारमा सहभागी भएको छैन।
प्रतिक्रिया