अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे

एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे


पोखरा – नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित दोहोरिनु भएको छ ।

उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएको नवौं अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शपथ खुवाइने छ ।

नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो ।
एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताउनुभयो ।