अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नयाँ सरकारबारे छलफल गर्न कोशीमा माओवादी संसदीय दलको बैठक सुरू

नयाँ सरकारबारे छलफल गर्न कोशीमा माओवादी संसदीय दलको बैठक सुरू


विराटनगर-कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरू भएको छ। प्रदेशसभा संसद सचिवालयमा माओवादी संसदीय दलको बैठक सुरु भएको हो। 

संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने एक स्रोतले जनाएको छ।

बैठकले मन्त्रीहरूको राजीनामा बुझाउन निर्देशन नदिए पनि नयाँ सरकार बनाउने विषयमा ठोस निर्णय गर्न सक्ने स्रोतको दाबी छ।