अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य चयन

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य चयन


ललितपुर-नेकपा एमाले जिल्ला कमिटीको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी हुनु भएको छ।

शुक्रबारबाट सुरु नवौँ जिल्ला अधिवेशनअन्तर्गत् सोमबार बिहानबाट विद्युतीय मेसिनमा भएको मतदानको नतिजा अनुसार आचार्य विजय हुनुभएको हो।

अधिवेशनका क्रममा ४७३ खसेको थियो। जसमा आचार्यले २२९ मत पाउँदै दोस्रो कार्यकाल पक्का गरेका हुन्। 

अधिवेशनमा ४७७ प्रतिनिधि थिए। जसमा ४७३ ले मतदान गरे। अधिवेशनले १२० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।