अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीको सहकारी प्रकरणमा संसदीय छानविन समिती बनाउनु पर्ने काँग्रेसको मागमा अन्य दलको विमती

गृहमन्त्रीको सहकारी प्रकरणमा संसदीय छानविन समिती बनाउनु पर्ने काँग्रेसको मागमा अन्य दलको विमती


काठमाडौं- काँग्रेसले संसदीय छानविन समितिको मागबाट पछि नसरेपछि सभामुखले बोलाएको शिर्ष नेताहरुको बैठक किना निस्कर्ष सकिएको छ ।

प्रधानमन्त्री प्रचण्ड सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि बिना निष्कर्ष टुंगिएको हो । कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

कांग्रेसले उठाएको विषयमा अन्य दल सकारात्मक नभएपछि बैठक बिना निष्कर्ष सकिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । ‘राजनीतिक पूर्वाग्रहमा आधारित छानविन समिति बन्न सक्दैन । त्यो जायज छैन । तथ्य र प्रमाणमा आधारित नभएर यो कुरा आएको छ,’ बर्तौलाले भन्नुभयो ,‘कांग्रेसलाई पुर्नविचार गरेर आउन भनेका छौं । संसदीय छानविन समिति बन्न सक्दैन ।’

संसदीय छानविन समिति गठन नगरी कतिपय विषय संसदको समितिबाट गर्न सकिने विकल्प रहेको उनले बताए ।

छोटो समय बसेर सकिएको बैठकबाट बाहिरिएका गृहमन्त्री रवि लामिछानेले फेरि बस्ने कुरा भएको बताए । ‘फेरि बस्ने कुरा भएको छ । केही भएको छैन,’ लामिछानेले भने ।