अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष निवदेन दिने तयारी

कोशीमा कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष निवदेन दिने तयारी


काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशीको मुख्यमन्त्री बनाउनका लागि दाबी निवेदन प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेको छ।

नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै नेता कार्कीलाई कोशीको मुख्यमन्त्री बनाउनका निम्ति यस्तो तयारी गरेको हो।

सोमबार एमाले-माओवादीका बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बुझाउन लागिएको छ। कोसीमा एमाले–माओवादीसँग स्पष्ट बहुमत छ।

एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना प्रदेश सभा सचिवालयमा दिइसकेका छन् । याेसँगै मुख्यमन्त्री कार्की स्वतः अल्पमतमा पर्नेछन् । उहाँले संविधानको धारा १८८ (२) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ। तर मुख्यमन्त्री कार्की राजीनामा पनि नदिने र प्रदेश सभा बैठक पनि नबोलाउने अडानमा हुनुहुन्छ । त्यसैले एमाले र माओवादीका सांसदहरुले प्रदेश सभाको विशेष अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष समावेदन पनि दिनेछन् ।

कोशीका मुख्यमन्त्री केदार कार्की २७ असोजमा संविधानको धारा १६८ (५) अनुसार नियुक्त हुनुभएको थियो।

खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाइसक्नुभएको छ।