अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परिवार दलको समर्थन सुहाङलाई

परिवार दलको समर्थन सुहाङलाई


काठमाडौँ – नेपाल परिवार दलले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा इलाम–२ नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ ।
दलका वरिष्ठ उपाध्यक्ष एवम् दलको कोशी प्रदेश समितिका संयोजक विनोद डाँगीले प्रेस विज्ञप्ति जारी गदै दलको इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्नुभएको छ ।
सो विज्ञप्ती दलका अध्यक्ष एकनाथ ढकालले सार्वजनिक गर्नुभएको छ ।
२०८१ साल वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उप–निर्वाचनमा सघाउन दलका केन्द्रीय सहमहामन्त्री एवम् संविधान सभा सदस्य मिलन राजवंशीको नेतृत्वमा एक टोली इलाम पठाउने तयारी गरेको छ ।