अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरेद्वारा उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरेद्वारा उम्मेदवारी दर्ता


काठमाडौं-राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरे उम्मेदवारी दर्ता गराउनु भएको छ।

संसद भवन नयाँ बानेश्वरमा पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको हो।

घिमिरेलाई सत्ता गठबन्धनको पनि समर्थन छ। यद्यपि, माधव नेपाल नेतृत्वको नेकपा एसले दाबी छाडेको छैन। त्यसबारेमा तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास पनि जारी छ।

नयाँ गठबन्धन भएको बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो। तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो।

माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन्। ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा यही २८ गते हुँदैछ।