अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसलाई स्वर्णिम वाग्लेको जवाफ: भ्रष्टाचार उत्खनन् गर्न उच्चस्तरीय छानबिन समिति बनाऔँ

कांग्रेसलाई स्वर्णिम वाग्लेको जवाफ: भ्रष्टाचार उत्खनन् गर्न उच्चस्तरीय छानबिन समिति बनाऔँ


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले विगतका जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको उत्खनन् गर्न उच्च स्तरीय स्वतन्त्र छानबिन समिति बनाउन माग गर्नुभएको छ।

प्रतिनिधि सभाको बैठकपछि उपसभापति वाग्लेले सञ्चारकर्मीसँग सो कुरा बताउनु भएको हो।

उपसभापति वाग्लेले भन्नुभयो, ‘सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि कुनै पनि कालखण्डमा घटेका भ्रष्टाचारको छानबिन हुनुपर्छ। ललिता निवासको सुरुवाती त अहिले विपक्षी दलका सभापति गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो। ललिता निवासदेखि अहिले वाइडबडी काण्डमा कसलाई जोगाइएको छ। यो सबैको छानबिन गर्नको लागि रास्वपाले उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको आह्वान गर्दछ।’

उहाँले २०४७ यताका उच्च पदस्थ पदमा बसेका व्यक्तिमाथि छानबिन गर्नुपर्ने माग समेत गर्नुभो । उहाँले भन्नुभयो, ‘एउटा व्यक्तिलाई खुइल्याउने, एउटा आरोपका भरमा पात्रलाई खुइल्याउने किसिमले होइन। ०४७ यताका उच्च पदस्थ पदमा बसेका व्यक्तिमाथि छानबिन गर्नुपर्छ।’