अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा उपाध्यक्षमा एमालेबाट घिमिरे र कांग्रेसबाट पुडासैनीको उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपाध्यक्षमा एमालेबाट घिमिरे र कांग्रेसबाट पुडासैनीको उम्मेदवारी दर्ता


काठमाडौँ-राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनका लागि दुईजनाको उम्मेदवारी परेको छ। 

सत्तारूढ दल एमालेबाट  सांसद विमला घिमिरे र प्रमुख प्रतिपक्षी कांग्रेसबाट  सांसद विष्णुदेवी पुडासैनीले मात्र मनोनयन दर्ता गराएका हुन्।

चैत २८ गते हुने निर्वाचनका लागि आज १:४५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। एमाले उम्मेदवार घिमिरेको प्रस्तावकमा एमालेकै भगवती न्यौपाने र समर्थकमा माओवादीका गोपीबहादुर सार्की अछामी छन्। उता कांग्रेस उम्मेदवार पुडासैनीको प्रस्तावकमा कांग्रेसकै दुर्गाकुमारी गुरुङ र समर्थकमा कांग्रेसकै नारायणदत्त भट्ट छन्। 

एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको घिमिरेलाई सत्ता गठबन्धनको साथ भएकाले जित निश्चित छ। यद्यपि, गठबन्धनमा आवद्ध माधव नेपाल नेतृत्वको नेकपा एसले पनि उपाध्यक्षको भाग आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको थियो । तर, आफ्नो भागमा नपर्ने भएपछि उम्मेदवारी पनि नदिइएको नेकपा एसका एक नेताले जानकारी दिनुभयो ।

मनोनयन पत्र दर्ता काठमाडौ, २७ चैतः राष्ट्रियसा उपाध्यक्षको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट विमला घिमिरे मङ्गलबार मनोनयन पत्र दर्ता गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद चाहिन्छ।

उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्ष पदमा निर्वाचन गर्न लागिएको हो।

मनोनयन पत्र दर्ता काठमाडौ, २७ चैतः नेपाली काङ्ग्रेसले बुधबार हुने राष्ट्रियसा उपाध्यक्षको निर्वाचनका लागि नेपाली काङ्ग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनी पार्टीले उम्मेदुवार बनाउने निर्णयपछि आफ्नो मनोनयन पत्र दर्ता गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस