अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललिता निवासको जग्गा हिनामिना देउवाको पालामा सुरू भएको हो: डा. स्वर्णिम वाग्ले

ललिता निवासको जग्गा हिनामिना देउवाको पालामा सुरू भएको हो: डा. स्वर्णिम वाग्ले


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरी व्यक्तिको नाममा गर्ने प्रकरणको सुरुवात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री भएको बेलामा नै भएको आरोप लगाउनु भएको छ।

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार पत्रकारहरूसँग संक्षिप्त कुराकानीका क्रममा उहाँले देउवामाथि गम्भीर आरोप लगाउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘ललिता निवासको जग्गा हिनामिना प्रकरणको सुरुवात अहिलेको विपक्षी दलका सभापति (शेरबहादुर देउवा) गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो।’