अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कर्णालीमा यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस

कर्णालीमा यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस


कर्णाली-कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बनाउन लागि नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनले दाबी पेस गरेको छ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न दिनुभएको समयसीमा आज बेलुका ५ः५० बजे सकिँदैछ। 

प्रदेश प्रमुख परियारसमक्ष एमाले-माओवादी र नेकपा एसका गरी कूल २३ सांसदले हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।

कँडेललाई माओवादी केन्द्रका १३, एमालेका सभामुखसहित १० र एकीकृत समाजवादीका एक जना सांसदकाे समर्थन रहेकाे छ।

कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदकाे मत आवश्यक पर्छ।