अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त


सुर्खेत-कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

प्रदेश प्रमुख परियारले दलहरूलाई बहुमत पुर्‍याएर सरकार निर्माणका लागि दाबी पेस गर्न मंगलबार साँझ ५:५० बजेसम्मको समय दिनुभएको थियो।

कँडेललाई मुख्यमन्त्री बनाउन एमाले ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन गरेका छन् ।