अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका मुख्यमन्त्री कँडेलको शपथ बुधबार

कर्णालीका मुख्यमन्त्री कँडेलको शपथ बुधबार


 सुर्खेत-कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ बुधबार हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने छन् ।

कँडेल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।