अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियभा उपाध्यक्षको निर्वाचन आज,एमालेकी घिमिरे र काँग्रेसकी पुडासैनी मैदानमा

राष्ट्रियभा उपाध्यक्षको निर्वाचन आज,एमालेकी घिमिरे र काँग्रेसकी पुडासैनी मैदानमा


काठमाडौं – राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुईजनाको उमेदवारी दर्ता भएको छ ।

नेकपा एमालेकी विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने हुनुहुन्छ । समर्थकमा नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामी हुनुहुन्छ । घिमिरे ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य हुनुभएको हो । उहाँको कार्यकाल दुई वर्ष बाँकी छ ।

कांग्रेसकी उमेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।