अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा शपथ

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा शपथ


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले राष्ट्रियसभाको उपाध्यक्ष पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो।

राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मत विभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद विमला घिमिरे निर्वाचित हुनुभएको थियो।