अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम-२ मा सुहाङ नेम्वाङलाई जिताउन एमाले-माओवादीबीच ५ बुँदे सहमति

इलाम-२ मा सुहाङ नेम्वाङलाई जिताउन एमाले-माओवादीबीच ५ बुँदे सहमति


विराटनगर-२०८० वैशाख १५ गते हुन लागेको इलाम-२ को उपनिर्वाचनका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई विजयी गराउन एमाले र माओवादीले संयुक्त रूपमा ५ बुँदे सहमति गरेको छ।

एमाले र माओवादीबीच कोशी प्रदेशस्तरमा गरिएको बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको हो। नेकपा एमाले मोरङको विराटनगरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी दुई पार्टीका अध्यक्षद्वय घनश्याम खतिवडा र हर्कबहादुर नेम्वाङ (मिक्सो)ले उक्त सहमति सार्वजनिक गरेका हुन्।

निर्णयमा उपनिर्वाचनमार्फत वामपन्थी शक्तिबीचको सहकार्य र भविष्यमा सुदृढ कम्युनिष्ट पार्टी एकताको आयामको रूपमा जग तयार गर्ने उल्लेख छ।

निर्वाचन क्षेत्रसँग जोडिएका छिमेकी जिल्ला र पालिकाका मतदातालाई आकर्षित गर्ने, जिल्लास्तरमा चुनाव सहयोग संयन्त्र गठन गर्ने र त्यसमार्फत सूर्य चिह्न ध्वजावाहक उम्मेदवार सुहाङ नेम्वाङको पक्षमा मतदान गर्न सार्वजनिक अपिल गर्ने दुई पार्टीले निर्णय गरेका हुन्।

उक्त निर्वाचन क्षेत्रमा काँग्रेसबाट डम्बर खतिवडा, रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह लिम्बूलगायतले प्रतिस्पर्धा गरिरहेका छन्। 

नेकपा माओवादी केन्द्र इलाम जिल्ला कमिटीले धीरेन्द्र शर्माको नाम सिफारिस गरेको थियो। तर, गत चैत ११ मा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार घोषणा गर्दा नै शीर्ष तहमा माओवादीले उम्मेदवारी नदिने समझदारी बनिसकेको थियो। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता पछि सुहाङलाई नै सघाउने समझदारी बनिसकेको थियो। सुहाङलाई नै चुनावमा सहयोग गर्नू प्रचण्डको निर्देशनपछि धीरेन्द्र पछि हट्नुभयो। अहिले उहाँ सुहाङलाई जिताउनेगरी चुनावी अभियानमा खटिरहनुभएको छ।  यतिबेला  इलाममा माओवादी सम्पूर्ण रुपमा सुहाङ जिताउने अभियानमा कस्सिएर लागेका छन्। 

एमाले-माओवादीका संयुक्त उम्मेदवार सुहाङलाई आगामी वैशाख ५ गतेसम्म निर्वाचन क्षेत्रका सबै वडामा पु¥याउने तयारी गरेको छ। यो क्षेत्रमा ४२ वटा वडा छन्। 

बुधबार (चैत २८) सुहाङ माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर ४ र ५ को चुनावी अभियानमा हुनुहुन्छ। सबै वडामा मतदातासँग भेटघाट गराएर ठूलो आमसभामा गर्ने एमाले–माओवादीको तयारी छ।