अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुधकोशीमा पौडी खेल्दा दुईजनाको मृत्यू

दुधकोशीमा पौडी खेल्दा दुईजनाको मृत्यू


भोजपुर- भोजपुरको आमचौक गाउँपालिका -१० स्थितमा दुधकोशीमा पौडी खेल्दा दुईजनाको मृत्यूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो १ बजे आमचोक(६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।