अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लैंगिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय हो: पूर्वराष्ट्रपति भण्डारी

लैंगिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय हो: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानता महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको बताउनु भएको छ।

बिहीबार एक कार्यक्रममा विद्वत् प्रवचनका क्रममा पूर्वराष्ट्रपति भण्डारीले लैंगिक समानताका आधार तय गर्नका लागि महिला र पुरुष दुवैको उत्तिकै भूमिका हुने बताउनुभयो।

पूर्वराष्ट्रपति भण्डारीले अहिले पनि धेरै मुलुकमा एकाध महिला मात्र उच्च नेतृत्वमा पुग्न सकेको बताउनु भयो। उहाँले भन्नभयो, ‘महिला आन्दोलन विकसित नभएकै बेला पनि धेरै पहिले नै भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशमा महिलाहरू उच्च नेतृत्वमा पुग्न सफल भएका थिए । त्यसले पनि महिला आन्दोलनमा निकै भूमिका खेलेको छ।’