अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ताप्लेजुङको टिप्ताला नाकासम्मको सडक तीनवर्ष भित्र बन्छ: मन्त्री महासेठ

ताप्लेजुङको टिप्ताला नाकासम्मको सडक तीनवर्ष भित्र बन्छ: मन्त्री महासेठ


काठमाडौं-नेकपा एमालेका सचिव एवं उपप्रधान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको टिप्ताला नाका जोड्ने सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ।

बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले सकेसम्म तीन वर्ष भित्रै सो सडकको काम सम्पन्न गर्ने गरी कम गर्ने बताउनुभयो। उहाँले यस आर्थिक वर्षको बजेटमा सो सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बचन दिनुभयो। ‘हामी तीन वर्षभित्रै, सकेसम्म तीन वर्ष भित्रै सम्पन्न गर्ने गरी काम गर्छौँ’, महासेठले भन्नुभयो।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङ्गोला स्थित टिप्तालाबाट चीन जोड्ने नाका नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो त्रिदेशीय नाका भएकोले पनि सो नाकसम्मको सडक सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो। हामीले उत्तर–दक्षिण सडक भनिरहेको छौँ, त्यो सँगसँगै यो पनि पर्दछ’, महासेठले भन्नुभयो।

उहाँले ताप्लेजुङका रणनीतिक महत्वका दुईवटा ठुला पुलका काम पनि यस वर्ष आउने बजेटबाट अघि बढ्ने जानकारी दिनुभयो । समग्र ताप्लेजुङको विकासको लागि आफूले प्राथमिकता दिने उहाँले बचन दिनुभयो।