अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विविध संस्कृतिको संरक्षण गर्नुपर्छ: अध्यक्ष नेपाल

विविध संस्कृतिको संरक्षण गर्नुपर्छ: अध्यक्ष नेपाल


काठमाडौँ-नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा समुन्नत तथा सभ्य समाज निर्माण गर्न सबै जाति समुदायका पर्व र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभएको छ।

इस्लाम धर्मावलम्बीको महान् पर्व इद ९इद–उल–फित्र० को अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष नेपालले सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्नुभयो। उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एंव बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको समाजमा सामाजिक एकता अभिवृद्धि गर्न प्रचलित सबै जाति समुदायका सांस्कृतिक चेतनाको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले विविध सांस्कृतिक विशेषताका कारण नेपाली समाजलाई एकापसमा एकताबद्ध बनाउने उल्लेख गर्दै विभिन्न चाडपर्वले राष्ट्रको गौरव बढाउने हुँदा तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

मुलुकमा एकापसमा पारस्पारिक सम्मान, सह अस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला, संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने विश्वास व्यक्त गर्नुभयो। आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण समाज निर्माण गर्नुपर्ने उल्लेख गर्दै उहाँले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतीलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।