अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस


काठमाडौँ-सरकारले राष्ट्रियसभाको सदस्य पदमा डा.अञ्जान शाक्यलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘राष्ट्रियसभाको रिक्त रहेको पदमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरिएको छ।’

शाक्य एमाले कोटामा सिफारिस हुनुभएको हो। शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत हुनुहुन्थ्यो।

उहाँ नेपाल टेलिभिजनकी पूर्वसमाचार प्रस्तोता पनि हुन्। व्यवस्थापन विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएकी शाक्यले पद्मकन्या कलेजमा २०५३ देखि करिब एक दशक प्राध्यापन गर्नुभएको थियो । उहाँसँग अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्बरको अध्यक्ष लगायतको पदमा रहेर काम गरेको अनुभवछ।