अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले सदन चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ: अध्यक्ष ओली

कांग्रेसले सदन चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद सञ्चालन गर्न नदिएका कारण चालु संसद अधिवेशन अन्त्य गर्नु परेको बताउनु भएको छ।

आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अध्यक्ष ओलीले काँग्रेसले संसद चल्न नदिएको बताउनुभएको हो।

उहाँले अब संसद अधिवेशन अन्त्य हुने र फेरि अर्को आह्वान हुने स्पष्ट पार्नुभयो। ‘अधिवेशन अन्त्य हुन्छ, फेरि अर्को सुरू हुन्छ यस्तै हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सहकारी प्रकरणमा सुंसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ।

 प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आज समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो।