अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनतालाई मर्का नपर्ने गरी न्याय सम्पादन गर्न अध्यक्ष ओलीको आग्रह

जनतालाई मर्का नपर्ने गरी न्याय सम्पादन गर्न अध्यक्ष ओलीको आग्रह


काठमाडौं- सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आम जनतालाई मर्का नपर्नेगरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गर्नुभएको छ ।
शनिबार काठमाडौंमा बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।
अध्यक्ष ओलीले जनताको विश्वास घट्ने गरी न्याय निरुपण नगर्दा राम्रो हुनेतर्फ पनि अदालतको ध्यानाकर्षण समेत गराउनुभयो।
‘म न्यायालयलाई पनि के आग्रह र अनुरोध गर्न चाहन्छु भने खाली कानूनको पुस्तकमात्रै पल्टाएर न्याय गरिएजस्तो अथवा पर्याप्त सोच विचार विना न्याय गरिएजस्तो जनताको विश्वास घट्नेगरी न्याय निरुपण अदालतले नगर्दाखेरी राम्रो हुन्छ। वास्तविकता यथार्थ बुझेर सबै पक्ष हेरेर आम जनतालाई मर्का नपर्नेगरी गरे हुन्छ,’ अध्यक्ष ओलीको भनाइ छ ।

पर्याप्त सोच विचार बिना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने खालको न्याय निरुपण नगरी अदालतले वास्तविक यथार्थलाई बुझेर न्याय दिनुपर्ने उनको भनाइ थियो।