अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधी परिषद बैठकको तयारी लगायतका विषयमा एमाले सचिवालय बैठक आज दिउसो १ बजे बस्ने

प्रतिनिधी परिषद बैठकको तयारी लगायतका विषयमा एमाले सचिवालय बैठक आज दिउसो १ बजे बस्ने


काठमाडौं- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । यही वैशाख ८ र ९ गते हुने राष्ट्रिय प्रतिनिधी परिषदको बैठकको तयारी,इलाम क्षेत्रको २ को निर्वाचन र नेकपा स्थापनाको ७५ औं वर्ष मनाउने विषयमा आजको बैठक केन्द्रीत रहने एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठक आज दिउसो १ बजे बस्ने भएको छ ।
गौतमका अनुसार आगामी ८ गते गोदावरीको सनराइज हलमा उद्घाटन हुने राष्ट्रिय प्रतिनिधी परिषदमा पाटी केन्द्रका तर्फबाट छलफलमा लैजाने एजेण्डा,राजनीतिक प्रतिवेदन,साँगठनिक प्रतिवेदन आदिका विषयमा आजको बैठकमा छलफल हुने गौतमले जानकारी दिनुभयो ।
केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार प्रतिनिधी परिषदको बैठकमा २५ सय भन्दा बढी प्रतिनिधी सहभागी हुनेछन् । यस बैठकमा केन्द्रीय कमिटीका सबै,केन्द्रीय सल्लाहकार,निर्वाचन आयोग,लेखा आयोग लगायत पार्टीका निकायहरु र १० औं महाधिवेशनका सबै प्रतिनिधी सहभागी हुनेछन् । मिनी महाधिवेशनको रुपमा रहेको यस बैठकमा पार्टीको भावी कार्यदिशाका विषयमा छलफल हुने जनाइएको छ । यसैगरी मिसन २०८४ लाई सफल पार्न पार्टीले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा पनि समुहगत छलफल गर्ने सुझाव संकलन गर्ने तयारी छ ।
आजको बैठकमा आगामी बैशाखा १५ गते इलाम २ मा भइरहेको उपनिर्वाचनमा एमाले उम्मेद्वारलाई विजय गराउन पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने विषयमा छलफल हुनेछ । यसैगरी इलाममा हालसम्म भइरहेको निर्वाचनको तयारी,मतदाताको माग र त्यसलाई सम्बोधन गर्नुपर्ने विषयमा पनि छलफल हुने जनाइएको छ । निर्वाचन प्रचारका लागि आगामी ५ गते अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा इलाम बजार र चुलाचुलीमा वृशत आमसभाको तयारी रहेको छ ।
आजको बैठकले २००६ सालमा स्थापना भएको नेकपा ७५ वर्ष पुगेको उपलक्ष्यमा बैशाख १० गते गोदावरीमै आयोजना गरिने कार्यक्रमको तयारीका विषयमा पनि छलफल गर्ने कार्यसुची रहेको छ । यस दिन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल सहित मुख्य कम्यूनिष्ट घटकका अध्यक्षहरुलाई कार्यक्रममा आमन्त्रण गर्ने एमालेको तयारी छ । स्थापना दिवशमा कम्तीमा ५ हजार भन्दा बढी कार्यकर्ता गोदावरीमा उपस्थित गराउने एमालेले तयारी गरेको छ ।
केन्द्रीय कमिटी,सल्लाहकार,निर्वाचन आयोग,लेखा आयोग,महाधिवेशन प्रतिनिधी सबै ।