अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो

सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो


काठमाडौँ-स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार १५० कायम भएको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु.५० ले घटेर रु. एक हजार सात सय कायम भएको छ।