अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपनिर्वाचन: नेकपा एसबाट झलनाथ र गरिमालाई दियो जिम्मेवारी

उपनिर्वाचन: नेकपा एसबाट झलनाथ र गरिमालाई दियो जिम्मेवारी


काठमाडौँ-नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल र गरिमा शाहलाई चुनावी जिम्मेवारी तोकेको छ।  

प्रतिनिधिसभा निर्वाचन इलाम-२ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी तोकिएको हो।

चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उहाँहरूलाई पार्टीले खटाएको छ।

पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ।

एकीकृत समाजवादीबाट इलाम- २ मा जितबहादुर राई र बझाङ- १ को प्रदेश सभामा दिल बहादुर सिंहलाई उम्मेदवार बनाएको छ।