अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यव्यवस्था समितिको बैठकको सहमती पालना नगरेर संसद अवरोध गरेकोमा सभामुख घिमिरेको आपत्ती

कार्यव्यवस्था समितिको बैठकको सहमती पालना नगरेर संसद अवरोध गरेकोमा सभामुख घिमिरेको आपत्ती


काठमाडौं- प्रतिनिधीसभाको आजको बैठक पनि विपक्षी दलले अवरोध गरेका छन् । कार्यव्यवस्था समितिको बैठकमा काँग्रेसले बैठक सञ्चालनको सहमती गरे पनि सदनमा आएर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले गुनासो गर्नुभएको छ ।
काँग्रेस,राप्रपा,लोसपा लगायतका दलका साँसदहरुले उठेर विरोध गर्न थालेपछि घिमिरेले बाहिर एउटा कुरा गर्ने,भित्र अर्को कुरा गर्ने काम नगर्न भन्नुभएको छ । कार्य व्यवस्था समितिको बैठकमा केही कार्यसूची हटाएर जरुरी विषय मात्र सदनमा प्रवेश गराउने सहमति भएको थियो । उक्त सहमती अनुसार घिमिरेले बैठक सञ्चालन गर्न लाग्दा विपक्षी दलका साँसदहरु उठेका थिए । सभाुमख घिमिरेले एउटा सहमती गर्ने,त्यसको पालना नगर्ने गलत परिपाटी संसदमा देखिनु दुखको कुरा भएको बताउनुभयो ।
आज प्रतिनिधीसभाको यो सेसनको अन्तिम बैठक बस्न लागेको हो । विपक्षी दलको अवरोधका कारण अन्य अन्य कार्यसुची हटाएर यस सेसनमा भएका काम कारबाहीका बारेमा संक्षिप्त जानकारी गराउने काम र लगाता १० दिन संसदको बैठकमा नआउने साँसदको नाम बैठकमा पढेरु सुनाइएको थियो ।