अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुटारमा छलफल 

 प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुटारमा छलफल 


 काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी रहेको एक स्राेतले जनाएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सुदूरपश्चिम प्रदेशमा नाउपा र जसपा आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिप्रति कांग्रेससँग मिलेर अर्को गठबन्धन विषयमा केन्द्रित भएर छलफल भइरहेको सचिवालयले जनाएको छ ।

केन्द्रको निर्देशन विपरीत सुदूरपश्चिममा अर्कै गठबन्धन बन्न लागेपछि केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरू आकस्मिक छलफलमा जुटेका हुन्। 

 नाउपाको रेशम पक्ष, कांग्रेस, एकीकृत समाजवादी, राप्रपाका सांसदहरू मुख्यमन्त्रीको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।