अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा केन्द्रको सहमतिअनुसार नै सरकार बन्छ: प्रदीप ज्ञवाली

सुदूरपश्चिममा केन्द्रको सहमतिअनुसार नै सरकार बन्छ: प्रदीप ज्ञवाली


काठमाडौँ-नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सत्ता सहकार्य अनुसार नै सुदूरपश्चिममा सरकार गठन हुने दाबी गर्नुभएको छ।

सचिवालय बैठकको निर्णय सुनाउँदै उपमहासचिव ज्ञवालीले नागरिक उन्मुक्ति पार्टीको विवादका कारण केही समस्या भएको पनि बताउनु भयो। 

‘केन्द्रमा जुन सहकार्य भएको छ। त्यही अनुरूपकै सरकार सुदूरमा पनि बन्छ’, ज्ञवालीले भन्नुभयो, ‘एकीकृत समाजवादीको दलको नेताले केन्द्रको सहमति विपरीत पत्र दिएको भए पनि केन्द्रका नेताले त्यसो नगर्नुस्, त्यो गलत हो, फिर्ता लिनुस् भनेर निर्देशन दिएको सार्वजनिक भएको छ।’

उहाँले नागरिक उन्मुक्ति पार्टीको विवाद र संसदीय दलको नेता को हो भन्ने कानुनी निर्क्योल भएपछि सरकार बन्ने समेत बताउनु भयो।