अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साँसदहरु निर्वाचन क्षेत्र फर्कनु अघि एमाले संसदीय दलको बैठक आज

साँसदहरु निर्वाचन क्षेत्र फर्कनु अघि एमाले संसदीय दलको बैठक आज


काठमाडौं – संसद अधिवेशन समापनभएसँगै नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज ११ बजे संसद भवन वानेश्वरमा दलको बैठक आह्वान गरिएको प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिनुभयो । वर्तौलाका अनुसार एमालेमा संसद अधिवेशन प्रारम्भ हुनु अ िर समापन भएपछि दलको बैठक आयोजना गर्ने चलन छ । संसद अधिवेशन प्रारम्भ हुनुभन्दा अघि बोलाइएको बैठकमा उक्त अधिवेशनमा साँसदहरुले के कसरी प्रष्तुत हुने भन्ने विषयमा जानकारी गराइन्छ भने समापन भइसकेपछि त्यस अधिवेशनको समिक्षा गर्ने चलन रहेको वर्तौलाले बताउनुभयो ।

उहाँका अनुसार आजको बैठकमा संसद अधिवेशनको समापनसँगै साँसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जाने,जनताका समस्या सुन्ने,आगामी नीति तथा कार्यक्रम र बजेटमा उक्त योजनाहरु सामेल गराउन पहल गर्ने आदि विषयमा संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिनुहुनेछ । यसैगरी संसदय समितीहरुमा विचाराधिन रहेका विधयेकहरुमा सक्रिय सहभागिता जनाउने,कानुन निर्माणमा भूमिका निर्वाह गर्ने विषय पनि आजको बैठकका कार्यसुचीमा रहेका छन् । यसैगरी समसामयिक राजनीतिक परिस्थितीक बारेमा पनि अध्यक्ष एवं दलका नेता ओलीले साँसदहरुलाई जानकारी गराउनुहुने छ ।
संसदको अधिवेशन हिजो अन्त्य भएको हो ।